निर्धारित याेजना समयमै सम्पन्न नभए समृद्धि असम्भव : सभापति काेइराला

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकारले गर्ने कामहरु अनुसन्धान गरेर हुनुपर्ने बताउनुभएको छ । साथै उहाँले तोकिएको समयमा निर्धारित योजना सम्पन्न नभएमा समाज समृद्ध नबन्ने बताउनुभएको छ । साेमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोइरालाले भन्नुभएको छ, ‘यदि हाम्रा कामहरू अनुसन्धान मुलक र तोकियको समयमा हुदैन भने हाम्रो समाज समृद्धि तिर जानै सक्दैन ।’

अशोक ओझाले एकदमै सहि भन्नुभयो कमरेड तर यहि कुरा उठाउदा बिरोध गरेको देख्नुहुन्छ हाम्रै साथीहरू भनेर प्रतिक्रिया लेख्नुभएको छ । र भन्नुभएको छ, ‘जे होस् तपाईंहरूले गरेको कार्य गर्व गर्न लायक बनाउने प्रयास गर्नेछौं ।’ त्यस्तै कोइरालाको स्टाटसमा प्रतिक्रिया दिंदै कृष्ण खनालले लेख्नुभएको छ, ‘सुखी नेपाली र समृद्धि नेपाल बनाउने क्रममा हामी अनुसन्धान गर्नुको साथै अरुबाट प्राप्त राम्रो अनुसन्धानको निष्कर्ष तर्फपनि लाग्न जरुरी छ माननीयज्यु ।’

सभापति काेइरालालाइ यसबारे जिज्ञासा राख्दा नेता, मन्त्री, सांसद लगायतका व्यक्तिहरू उद्घाटन लगायतका कार्यक्रममा नै दिनभर व्यस्त हुने, तय भएका कार्यक्रम समयमा शुरू नहुने, भएका कामकाे अनुगमन, निरीक्षण राम्राे नहुने लगायतका गतिविधिले मुलुककाे विकास र समृद्धि हाँसिल नहुने प्रतिक्रिया दिनुभयाे । समय सबैभन्दा महत्वपूर्ण भएकाले सबैले समयलाइ ख्याल गर्नुपर्ने र विना अनुसन्धान कुनै याेजना बनाउन नहुने उहाँकाे धारणा थियाे ।

Facebook Comments