काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा केन्द्रीय निर्वाचन समितिको गठनका बारेमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
सोमबार बसेको बैठकले पार्टीको अनुशासन समिति गठन गर्नेमा सहमति गरेको थियो । बैठकले केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार समितिमा रहने २ जना सदस्यको टुङ्गो पनि आजको बैठकले लगाउनेछ ।
Facebook Comments

