नेपालगञ्जमा खेलकुद प्रतियोगिता सुरु
नेपालगञ्जमा औपचारिक रुपमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश नम्बर ५ को बांके स्थित नेपालगन्जको खेल मैदानमा विहिबार देखि सुरु भएको उक्त प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएकाे हाे ।
कार्यक्रममा वोल्दै राष्ट्रपति भण्डारीले नेपालमा खेल पर्र्यटनको अथाह सम्भावना रहेकाे बताउनुभयाे । नेपाल प्राकृति र संस्कृतिको धनि भएको उल्लेख गर्दै उनले नेपालमा विभिन्न हावा पानी भएकोले नेपालमा खेल पर्यटनको उतिकै सम्भावना भएको बताउनुभयाे ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपालगन्ज रंगशालामा संचालन भएको उद्घाटन सत्रमा ७ प्रदेश, तीन विभागिय, गैरआवासिय नेपाली संघ (एनआरएन) का खेलाडीहरुले मार्च पासमा सहभागि भएका थिए । विभिन्न संघ संस्था सहित विभिन्न जातजातिको झाँकी सहितको पन्चे बाजा समेत मार्च पासको अवसरमा प्रर्दशन गरिएको थियो ।
प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले आफ्नो क्षेत्रमा बृहत खेलकुद आयोजना गर्नुले खेलपुर्वाधारको कोषेढुंगा सावित भएको बताउनुभयाे । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रतियोगिताको झण्डोत्तोलन गरी छोटो समयको बाबजुत पनि नेपालगन्जमा आयोजना भएको उक्त प्रतियोगिताले खेलाडीहरुमा थप हौसला प्रदान हुने विश्वास व्यक्त गर्नुभयाे।
राखेपका सदस्य सचिव केशव कुमार विष्टले खेलाडीहरुले अब खेलेर बाच्ने गरी आधार तयार पार्ने योजना ल्याउन लागेको बताउनुभयाे । यही वैशाखको ५ देखि ११ गतेसम्म नेपालगञ्जका विभिन्न स्थानमा हुने प्रतियोगितामा सात वटै प्रदेश, तीन विभागीय नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी वल र पहिलो पटक सहभागि भएको एनआरएनको गरी ११ टिमको सहभागिता रहेको छ ।
उक्त प्रतियोगितामा सहभागिताका लागि ५ हजार २ सय ११ जना खेलाडीहरु ३५ वटा खेलमा सहभागिता जनाउने भएको सदस्य सचिव विष्टले जानकारी दिनुभयाे । यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेकाे छ। फुटवल खेलबाट समापन गरिने भएको छ ।
गण्डकी प्रदेशको मार्च पासमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी मन्जु गुरुङको नेतृत्वमा भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिनुभयाे । नेपालगञ्जमा शुरु आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय क्लबहरुकै वर्चस्व रहेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पदक तालिकामा अग्रस्थानमा छ । सेनाले विहीबारसम्म ३४ स्वर्णसहित १७ रजत, २४ कास्य गरी ८५ पदक हात पारेको छ ।
त्यस्तै, दोस्रो स्थानमा विभागीय नेपाल पुलिस क्लब १९ स्वर्ण, १७ रजत र १७ कास्यसहित कूल ५३ पदक हात पारेको छ । अर्को विभागीय सशस्त्रले १५ स्वर्ण, १२ रजत र १७ कास्यसहित ५३ पदक जितेको छ । प्रदेश नं ३ अंक तालिकाको चौथो स्थानमा छ । प्रदेश ३ ले ७ स्वर्ण, १३ रजत र ३२ कास्य गरी ५० पदक हात पारेको छ । गण्डकी प्रदेशले पाँचौ स्थानमा आफूलाई कायमै राखेको छ । गण्डकीले ६ स्वर्ण, ७ रजत र १९ कास्य गरी ३२ पदक जितेको छ ।
ह्याण्डबल खेलमा गण्डकी प्रदेशको विजयी सुरुवात
नेपालगञ्ज, ५ वैशाख
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत विहीबारबाट नेपालगन्जमा सुरु भएको पुरुषतर्फको ह्याण्डबल खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । विहिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४०–१५ को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
गण्डकीको जितमा कप्तान विशाल बस्नेतले ८ गोलको योगदान दिदा कर्णालीका केशव बिष्टले भने ११ गोलको योगदान दिए । विहीबार नै भएको पुरुषतर्फको दोस्रो खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लबले क्षेत्र नं ५ लाई ४२–१७ गोलले पराजित गर्यो । नेपालगन्जको रंगशालामा संचालन भएको पुरुष तर्फको उक्त खेलमा शुक्रबार ५ खेल हुने भएको छ ।
त्यसै गरी महिला तर्फ विहिबार दुई वटा खेल सम्पन्न भएकाछन्। पहिलो खेलमा नेपाली सेनाले प्रदेश नम्बर ३ लाई ३१–४ को फरालिको गोल अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा प्रदेश नम्बर ५ प्रदेशले कर्णाली प्रदेशलाई १०–७ को गोल अन्तरले पराजित गरेको हो । नेपालगन्जको जिल्ला प्रशासन कार्यालयको परिसरमा हुने उक्त खेलमा शुक्रबार ५ खेल हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले उक्त प्रतियोगिताको विहिबार विहान औचिारिक उद्घाटन गर्दै अब खेलाडीहरुको भविश्य ग्यारेन्टी गर्ने गरी आफुहरुले नयाँ योजना ल्याउन लागेको बताए । स्थित सरकारको समयमा खेलाडीहरुको भविश्य ग्यारेन्टी गर्ने बिषयमा आफुहरु गम्भिर हुने उनले जनाए ।
पुरुषतर्फ र महिला तर्फको ह्याण्डबलमा ९ टिमको सहभागिता रहेको छ । नेपाल प्रहरीको विभागीय टिमले यस संस्करणको प्रतियोगितामा सहभागिता जनाएको छैन । नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो ।

