नक्कली नोट बनाउने मेसिन सहित २ जना पक्राउ
पोखरामा नक्कली नोट बनाउने र विभिन्न पसलमा सामान खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ २२ गते पोखरा महानगरपालिका वडा नं. १६ अर्मलामा रहेको गुरुङ किराना पसलमा रिचार्ज कार्ड किनेर १००० को नक्कली नोट दिएर ९०० फिर्ता लगेको थाहा भएपछि अनुसन्धान थालेकामा फागुन ६ मा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ग १४ प २५४ नं को डुक मोटरसाइकलमा प्रयोग गरी ठगीमा १ युवा र युवती
संलग्न रहेको सूचनालाई प्राप्त भएपछि अनुसन्धान थालेको कास्की प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिका वडा नं. ३३ बस्ने प्रेमबहादुर तामाङ र सोही महानगरपालिका वडा नं. १ बस्ने सरस्वती बलामी पक्राउ परेको प्रहरीले जानाकारी दिएको छ ।
निज दुवै जनालाई पोखरा महानगरपालिका बडा नं ५ प्रस्याङ स्थित डेरा कोठामा बसी नक्कली नोट बनाईरहेकै अबस्थामा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी निरीक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । ल्यापटप, कलर प्रिन्टर, मोवाइल, कैची, कटर, पेपर र नगद १ लाख २८ हजार ४ सय ३० र भारतीय १ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ । यसका साथै नक्कली नोट १९ थान समेत बरामद गरिएको छ ।
प्रहरी अनुसन्धान पछी खुलेको तथ्यहरु
- मिति २०७५।०९।२७ गते मकवानपुरबाट पोखरा आएको ।
- करिव ३ दिन जति लेकसाईडको होटलमा बसेकोमा त्यसपछि पोखरा (५, पर्स्याङमा भाडामा बस्दै आएको ।
- युट्युवमा नक्कली पैसा बनाउने भिडियो हेरि सोही अनुसार बनाउन सिकेको ।
- नक्कली पैसा उचष्लत गर्ने चाहिने कलर प्रिन्टर पोखरा भाटभटेनीमा गई किनेको र आफू बस्ने कोठामा नै ल्यापटप, कलर प्रिन्टर, फोटोकपी पेपर, कैची, गमको प्रयोग गरि नक्कली पैसा बनाउने गरेको ।
- पोखराका बिभिन्न स्थानहरुमा गरि करिव २०० भन्दा बढी स्थानहरुमा नक्कली पैसा दिई सामानहरु किन्ने गरेको । बढी मात्रामा रिचार्ज कार्ड किन्ने गरेको । कतै कतै आबश्यक अन्य सामानहरु पनि किन्ने गरेको ।
- दिनमा करिब १०–१५ बटा सम्म साट्ने गरेको ।
- विशेषगरि महिला, केटाकेटिहरु भएको पसलहरुमा गई नक्कली नोट दिने गरेको ।
- घटनामा प्रयोग गरेको ग १ प ३५४, डुक मोटरसाईकल ग्लोवल रिकन्डीसनबाट किनेको ।
- पक्राउ परेका दुईको डेड बर्ष देखी चिनजान भई अफियर चलेको तर केटा चाहीको बिहे भईसकेको ।

