निर्मला पन्त हत्या प्रकरणमा प्रमाण मेट्नेलाई फौजदारी अभियोग : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्यापछि बलात्कार प्रकरणमा प्रमाण मेटाउने कार्यमा संलग्नलाई फौजदारी मुद्दामा कार्वाही अगाडि बढाउने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं उहाँले यस्तो बताउनुभएको हो ।

शान्ति–सुरक्षा सुदृढ बनाउन सरकार सफल भएको दाबी गर्नुभयो । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले ९५ प्रतिशत अपराधीलाई कानुनी कठघरामा ल्याएको र कतिपय घटनामा अझै सफल हुन नसकेपनि प्रयास जारी रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डको दोषीलाई कानुनी कठघरामा ल्याउन निरन्तर प्रयास भइरहेको दाहोर्याउनुभयो । घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।

धादिङमा प्रहरीले समातेको ४ किलो सुन काठमाडौं आउँदा तामा भएको घटना सम्बन्धमा छानबिन भइरहेको गृहमन्त्रीको भनाइ छ । तस्करीको साढे ३३ किलो सुनसँग सम्बन्धित लगानीकर्ताहरू पक्राउ परिसकेको र उनीहरूको जालो तोडिएको गृहमन्त्री थापाको जिकिर छ ।

Facebook Comments