हिन्दु राज्यका विषयमा जनमत संग्रह : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यका पक्षमा रहेको भन्दै जनमत संग्रह गर्नुपर्ने धारणा अगाडि सार्नुभएको छ । साथै उहाँले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा फागू पूर्णिमा(होली)को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले हिन्दु राज्य, गणतन्त्र, संघीयताका सवालमा जनमतसंग्रह गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वा्चित गराएकाले पनि उनीहरुको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको हुँ ।’ साथै महामन्त्री कोइरालाले कुनै पनि राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने जिकीर समेत गर्नुभयो ।

महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र स्थापनाका दवाव दिन समेत आह्वान गर्नुभएको छ । यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले भने आफ्नो पार्टी धर्मनिरपेक्षतको पक्षमा रहेको बताउनुभएको थियो ।

महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै पार्टीभित्र विभिन्न विभाग तत्काल गठन गर्न पार्टी सभापतिसँग माग गर्नुभएको छ । आगामी निर्वाचनमा बहुमत हाँसिल गर्न पनि काँग्रेस पार्टीमा आन्तरिक एकता हुनुपर्ने महामन्त्री कोइरालाको तर्क थियो ।

Facebook Comments