भारतीय विदेशमन्त्री नेपालमा, प्रधानमन्त्रीसँग भेटवार्ता
भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउनुभएकाे छ । भारतमा नरेन्द्र माेदीकाे नेतृत्वमा सरकार गठन भएपछि नेपाल भ्रमणमा आउने जयशंकर नै उच्च अधिकारी हुनुहुन्छ ।
यद्यपि जयशंकर नेपाल भारत संयुक्त आयाेगकाे नियमित बैठकमा भाग लिनका लागि नेपाल आउनुभएकाे हाे ।
नेपाल आएलगत्तै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे छ ।
विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएकाे थियाे ।
आयोगको बैठक आज बुधबार नै शुरू हुँदैछ । २ दिने बैठकमा नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने प्रचलन रहेकाे छ ।
विहीबारसम्म चल्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।
भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
Facebook Comments

