कांग्रेसद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध

नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

प्रतिनिधिसभा बैठकको सुरुमा नै समयमा माग गरी बोल्ने क्रममा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रहका कारण खारेज गर्न सरकार लागिपरेको आरोप लगाउनुभयो ।

संसद बैठकमा बोल्दै नेता गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित परिमार्जन गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभा बैठकमा पनि काँग्रेसले सोही मुद्दा उठाएर अवरुद्ध बनाएको हो ।

Facebook Comments