विकास संरचना निर्माण गर्दा दीर्घकालीन रुपमा सौचौं : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीर्घकालीन सोचका साथ विकास निर्माण लगायतका काम गर्नुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चौथो गाउँसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले अवका विकास संरचना १०० बर्षपछिसम्म काम लाग्ने गरी बनाउनुपर्ने बताउनुभयो ।

उहाँले विकास निर्माणका कामलाई हतारमा र लहडमा नभई व्यवस्थित योजनाका साथ अगाडि बढाउन पनि आग्रह गर्नुभयो । नीति, योजना र गुरुयोजना निर्माण गरेर निश्चित उद्देश्य र समयसीमा तोकेर पुर्वाधार निर्माणमा लाग्नुपर्ने मुख्यमन्त्री गुरुङको भनाई छ ।

गाउँपालिकाले आफ्ना नीति कार्यक्रम तर्जुमा गर्दा गाउँमा कति साक्षर छन, कति जनसंख्या छ, उत्पादनको अवस्था के छ आदिको वास्तविक आधारमा तय गर्नुपर्नेमा उहाँको जोड थियो । गाउँसभामा विभिन्न विधेयकमाथि छलफल भएको थियो ।

Facebook Comments