गण्डकी प्रदेशको कृषि मन्त्रालय र कृषि विकास बैंकवीच सहकार्य हुने

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक, क्षेत्रीय कार्यालय पोखरावीच कृषि, पशुपन्क्षी, मत्स्यपालन र सहकारी तथा गरिवी निवारणका क्षेत्रमा सहकार्य हुने भएको छ । कृषिको व्यवसायिकता विकास गर्ने उत्पादन र उत्पादकत्व बृद्धि गराउने, स्वरोजगारी एवं रोजगारी सिर्जनाबाट गरिवी न्युनीकरण गर्ने उद्देश्य सहित सहकार्य गर्न लागिएको मन्त्रालय र बैंकवीच भएको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौता बमोजिमका कार्यक्रम संचालन गर्न मन्त्रालय र बैंकवीच एक कार्यदल बनाउने र सो कार्यदललले कार्यक्रम कार्यान्वयन, संचालन, अनुगमन तथा समन्वयको काम गर्ने बताइएको छ । मन्त्रालयले संचालन गर्ने कृषि, पशुपन्क्षी, मत्स्यपालन र सहकारी तथा गरिवी निवारणका कार्यक्रमलाई बैंकले पनि प्राथमिकता दिने, मन्त्रालयबाट प्रदान गरिने अनुदान बैंकमा खाता खोलेर प्रवाह गर्ने लगायतका बुँदा समावेश गरिएको छ । सम्झौतापत्रमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका तर्फबाट निर्देशक चेतनारायण सापकोटाले हस्ताक्षर गर्नुभएको छ । (
सम्झौतापत्रकाे पूर्ण पाठ)

Facebook Comments