रोट्रयाक्ट फुटसलको तयारी तीव्र
रोटरीयन स्व. कृष्ण थापाको स्मृतिमा रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनले फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रोटरी, रोट्रयाक्ट र ईनर ह्विल क्लवहरु बीचको भातृत्वविकास गर्ने हेतुले प्रत्येक वर्ष यो प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ ।
प्रतियोगिता चैत ९ गते शनिबार हुनेछ भने सहभागी हुन चाहने क्लवहरुले शुक्रबार साँझ ५ बजेसम्म टिम दर्ता गराउन सक्नेछन् । रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष अच्युत पौडेलकाअनुसार प्रतियोगितामा जोन ४ का रोट्रयाक्ट क्लवहरु, रिजन ४ का रोटरी क्लवहरु र पोखराका ईनर ह्विल क्लवले सहभागिता जनाउन सक्नेछन् ।
यस्तै, रोट्रयाक्ट पुरुष, रोटरी तथा महिला टिमहरुको छुट्टाछुट्टै प्रतियोगिता गराईनेछ । आयोजकका अनुसार रोट्रयाक्ट पुरुषतर्फ टिम दर्ताको लागि ३ हजार रुपैयाँ र महिलातर्फ प्रति टिम २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।
रोटरीतर्फ भने प्रतिटिमको लागि ५ हजार रुपैयाँ र ईनर ह्विल टिमको लागि ३ हजार दर्ता शुल्क तोकिएको छ । प्रतियोगिताको सह आयोजक रोट्रयाक्ट क्लवअफपोखरा र रोट्रयाक्ट क्लवअफ मणिपाल रहेका छन् । खेल पोखरा भाटभटेनी स्थित स्काई स्पोर्टसमा हुनेछ । प्रतियोगितामा विजेताहरुले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

