कास्कीमा लागू औषधसहित ३ व्यक्ति पक्राउ
प्रहरीले कास्की जिल्लाको पोखराबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पोखरा १२ चापापानीमा केही व्यक्तिले औषध बिक्रि बितरण गर्दैछन् भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरी घर भई पोखरा १२ बस्ने २१ बर्षीय अजय भण्डल, पोखरा १२ का २७ बर्षीय सक्षम गौतम, बाँके जिल्ला कोहलपुर नगरपालिका १४ का २२ बर्षीय सुरज सुनार रहेका छन् ।
यसका साथै प्रहरीले पोखरा १७ स्थित प्रहरी चौकीको प्रहरीले चेकजाँच गर्ने क्रममा स्याङ्जाबाट पोखरा तर्फ आउदै गरेको ट्याक्सीमा अन्दाजी १२० लिटर घरेलु मदिरा फेला पारी नष्ट गरेको छ ।
Facebook Comments

