चलचित्र विकास बोर्डमा भट्टराई नियुक्त(मन्त्री परिषदकाे निर्णय)
चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्रकर्मी केशव भट्टराई नियुक्त भएका छन् । चैत ४ गते बसेको मन्त्रिपषिद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाली चलचित्र क्षेत्रका पूराना कलाकार तथा निर्माता भट्टराईले ‘सो सिम्पल’, ‘आफ्ना मान्छे’, लगायत आधा दर्जनभन्दा बढि फिल्म निर्माण गर्नुभएको छ । भट्टराईद्वारा निर्मित पछिल्लो फिल्म ‘यात्राः अ म्यूजिकल भल्ग’ प्रदर्शनको तयारीमा रहेको छ । यसअघिकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली थियो ।

Facebook Comments

