डा.भट्टराई अव सत्तारुढ सांसद !

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई औपचारिक रुपमा सत्तारुढ दलका सांसद हुनुभएको छ ।

निर्वाचन आयोगले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारी पठाएसँगै डा.भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सांसदको हैसियतमा तोकिएको सिटमा बस्नु थाल्नुभएको छ ।

यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियतमा रहँदै आउनुभएको थियो ।

तत्कालीन भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेकाले उहाँ स्वतन्त्र सांसदको हैसियतमा रहनुभएको थियो ।

संघीय समाजवादी फोरमसँगको पार्टी एकतापछि भट्टराई सत्तारुढ दलको सांसद समेत बन्नुभएको छ । उहाँको दलबाट उपप्रधानमन्त्री सहित २ जना मन्त्री रहेका छन् ।

Facebook Comments