सामाजिक सञ्जाल मार्फत् न्याय सम्पादन प्रभावित पार्न खोजियोः सञ्चारमन्त्री बाँस्कोटा

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले युट्युव लगायतका सामाजिक सञ्जालको दुरुपयोग भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत् दिग्भ्रमित पार्ने, उत्तेजना फैलाउने र अप्रिय घटना घटाउने खालका सामग्री सम्प्रेषण भइरहेको बताउनुभयो ।

बिहीबार सञ्चार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले न्याय सम्पादनको विषयमा सोसल मिडिया ट्रायल भएको बताउनुभयो ।

अनुसन्धानलाई नै प्रभावित पार्ने ढंगले दिग्भ्रमित पार्ने खालका सामग्री सामाजिक सञ्जालमा आउने गरेको उहाँको भनाई छ ।

सामाजिक सञ्जालकै कारण प्रहरीले स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न नपाएको उहाँको भनाई छ ।

कुनै घटना हुनेवित्तिकै जुलुस कि धर्ना कि होहल्ला मच्चाइदिने काम भएको मन्त्री बाँस्कोटाको गुनासो थियो ।

खासगरी युट्युवरले घटनालाई रहस्यमय बनाईदिने, भ्रामक टाइटलहरु हालिदिने गरेको उहाँको भनाई छ ।

नेपाली प्रेस जिम्मेवार, मर्या्दित र भविष्यका लागि सबैभन्दा सचेत बन्नुपर्ने बेला आएको भन्दै उहाँले सरकारका तर्फबाट आमसञ्चार बिधेयक र सामाजिक सञ्जाल नियमन गर्न फरक फरक बिधेयक ल्याएको जानकारी दिनुभयो ।

Facebook Comments