प्रधानमन्त्रीकाे राष्ट्रवाद कालापानीमा लम्पसारः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा देखिएकाे बताउनुभएकाे छ ।

पाेखरामा पार्टी निकट कानुन व्यवसायीकाे संस्थाकाे बार्षिक साधारणसभा कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीकाे राष्ट्रवाद कालापानीमा पुगेर लम्पसार भएकाे टिप्पणी गर्नुभयाे ।

साथै उहाँले संवैधानिक निकायहरू लाई कठपुतली बनाउन खाेजेकाे आरोप लगाउनुभयाे ।

उहाँले अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाउनुभयाे ।

संवैधानिक परिषद्लाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गर्न सरकार लागिपरेकाे देउवाकाे भनाइ थियाे ।

सरकारका गलत क्रियाकलापका विरुद्ध सडक र सदनमा संघर्ष चर्काउने देउवाकाे चेतावनी थियाे ।

Facebook Comments