कङ्गोमा दादुराको महामारी
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दादुरा रोगको महामारी फैलिएको छ ।
देशको सबै प्रान्तमा फैलिएको महामारीबाट सन् २०१९ मा मात्र करिब पाँच हजार मानिसको मृत्यु भएको जनाइएक्ाे छ ।
संक्रमित हुनेको संख्या साँढे दुई लाख रहेको समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो संसारकै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारीका रूपमा चित्रित गरेकाे छ ।
१५ महिनाको अवधिमा इबोलाले भन्दा दुई गुणा बढी मानिसको मृत्यु दादुराबाट भएको रिपाेर्टमा जनाइएकाे छ ।
आठ लाख बालबालिकालाई खोप दिन गत सेप्टेम्बरमा कङ्गो सरकार र डब्ल्यूएचओले आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।
कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँच नहुँदा दादुरा संक्रमण रोक्ने प्रयासमा समेत असर परेको डब्ल्यूएचओले जनाएकाे छ ।
पर्याप्त खोप उपलब्ध नहुँदा करिव आधा बालबालिकालाई मात्र खोप लगाउन सकिएको छ ।
एजेन्सीकाे सहयाेगमा

