सोनाम ल्होसारमा म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग हुने

पोखरामा आगामि माघ १२ गते शनिबार ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा हुने भएको छ । २८५५ औ सोनाम ल्होसारको अवसरमा गरिने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक बैदाम तामाङ समाज पोखराले मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो ।

तामाङ्ग समुदायको मौलिक भाषा, संस्कार र संस्कृतिको संरक्षण एवं प्रबद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा समाजका अध्यक्ष ज्याक तामाङ्गले लोप हुने अवस्थामा पुगेको भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकाल सम्म जिवन्त वनाइराख्नका लागि म्युजिकल फेस्टिभलले सहयोग पुग्ने बताउनुभयो ।

यसअघिका कार्यक्रममा सहभागीहरुले आफ्नो जाति, भाषा, संस्कार र संस्कृतिमा चासो देखाएको उहाँको भनाई छ । प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरु प्रतिस्पर्धीका रुपमा सहभागी छन् । प्रतियोगीहरुलाई बिभिन्न तालिमहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगीहरुलाई तामाङ्ग भाषा, संस्कार, परम्परा, भेषभुषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला सशक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिनुभयो ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद १५ हजारले पुरस्कार समेत प्राप्त गर्नेछन । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।

Facebook Comments