सांसद दवाडीद्वारा तलवभत्तामा निजी आय समेत थपेर सामाजिक कार्यमा सहयोग
गोरखा निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित गण्डकी प्रदेशसभाका सदस्य प्रकाशचन्द्र दवाडीले आफ्नो तलवभत्तामा निजी आम्दानी समेत थपेर समाजसेवाका लागि सहयोग गर्नुभएको छ ।
एक वर्षको अवधिमा सांसदको तलवभत्ता बापत रु. ७ लाख ३० हजार ३१५ संसद सचिवालयबाट बुझ्नुभएका दवाडीले झण्डै ५ लाख निजी आयबाट सामाजिक कार्यमा खर्च गर्नुभएको हो । उहाँले निर्वाचनकै दौरान आफुले संसद भएपछि पाउने सेवा सुविधा सामाजिक कार्यमा लगाउने बताउनुभएको थियो ।
जनप्रतिनिधिले राज्यकोषबाट तलव भत्ता खाएर देश विकास हुन नसक्ने भन्दै दवाडीले आफूले निरन्तर सामाजिक कार्यका लागि सहयोग गर्दै आएको बताउनुभयो । को विकास कसरी हुन्छ ?, दवाडीले भन्नुभयो । दवाडीको जापानमा नेपाली ह्याण्डिक्राफ्टको ब्यवासाय रहेको छ ।
प्रदेश सांसदको तलवभत्ता सांसदको तलवभत्ता बापत रु. ७ लाख ३० हजार ३१५ मा रु ४ लाख ९० हजार ९ सय ५ रुपैयाँ थपेर कुल १२ लाख २१ हजार २ सय २० रुपैयाँ विभिन्न सामाजिक कार्यका लागि प्रदान गरेको दवाडीले जानकारी दिनुभयो । सहयोग पाउनेमा विभिन्न आमा समूह, सामुदायिक प्रहरी, युवा क्लव, विद्यालय, तातोपानी संरक्षण लगायत रहेका छन् ।

