पोखरामा भेट्रान एट ए साइड सुरु, एन्फा उपाध्यक्ष थापा र पूर्व खेलाडी गूरुङलाई सम्मान

पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको ‘आंठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता’ मंगलबार देखि टुँडीखेलमा सुरु भएको छ ।

उद्घाटन खेलमा अम्मरसिंह व्याइज क्लब (एविसी)ले विजयी सुरुवात गरेको छ । एबिसीले लेकसाइड भेट्रानलाई ४–० गोल अन्तरले पराजित गरेको हो । त्यसै गरि अन्य खेलमा बुटबल भेट्रानले इन्द्रेणीलाई २–० गोलले पराजित गरेको छ ।

यस अघि भएको उद्घाटन समारोहमा बगर भाई खलकले एन्फाका उपाध्यक्ष एवम पूर्ब राष्ट्रिय खेलाडी कृष्ण थापालाई फुटबलमा लामो समय देखि पु¥याएको योगदानको कदर गर्दै ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी एवम समाजसेवी रामबहादुर गुरुङलाई समेत खेलकुद क्षेत्रमा योगदान दिएकोमा संस्थाले ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित हुने दुबैजनालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य एवम कार्यक्रमका प्रमुख अतिथी राजेश गुरुङले सम्मान गर्नुभएको हो ।

सो अबसरमा बोल्दै परिषद सदस्य गुरुङले पूर्ब खेलाडीहरुको शिपलाई भावी पुस्ताहरुमा हस्तान्तरण गर्नु पर्ने खाँचो औल्याएका थिए । बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बगर भाइ खलक जापानका अध्यक्ष श्रीभक्त गुरुङ, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष एवम बगर भाइ खलकका महासचिब याम गुरुङ लगाएतले खेलकुदको महत्वलाई सबैले बुझ्न र खेलाडीलाई सम्मान गर्ने परम्परालाई अंगिकार सबैले गर्नुपर्नेमा जोड दिएका थिए ।

‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान फुटबल प्रतियोगिता संचालन गर्दै आइरहेको उक्त प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागिता रहेको छ ।

यहि माघ १२ गते सम्म नक आउटका आधारमा संचालन हुने प्रतियोगितामा प्रथम पुरस्कार विजेताले नगद १ लाख र द्वितियले ५० हजारका साथमा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, फाइनल खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीले ट्रफी सहित जनही नगद ५ हजार पाउनेछन ।

Facebook Comments