आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लब विजयी
पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपको दोस्रो दिनको खेलमा हिमालयन शेर्पा क्लबले धरान फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलको ७६ औं मिनेटमा हिमालयन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गरेका थिए । सोही गोल नै निर्णायक गोल बन्न पुग्यो ।
उनले कप्तान मान बहादुर तामाङले बायाँ विङ्गसबाट गरेको क्रसलाई डाइभिङ हेडर गर्दै ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । खेलमा त्रिदेव गुरुङ म्यान अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र मनाङ मर्स्याङदी क्लबले प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार रुपैयाँ र उपविजेताले ४ लाख १ हजारमा पुरस्कार प्राप्त गर्नेछन् ।
Facebook Comments

