कार्यक्षेत्रबाटै पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार महासंघको आपत्ति

रेडियो कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कालिकोटबाट प्रसारण हुने रेडियो कर्णालीको स्टुडियोमै प्रवेश गरी पत्रकार विश्वकर्मालाई पक्राउ गरेको थियो ।

घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि बहानामा पत्रकारलाई स्टुडियोमै पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो ।’

साथै विज्ञप्तिमा पत्रकारको संवैधानिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठहर समित भर्त्सना गरिएको छ । पक्राउ परेका पत्रकारको तत्काल रिहाई गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

Facebook Comments