विप्लव नेतृत्वकाे नेकपाका कास्की इञ्चार्ज रूपेश पक्राउ

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेता कृष्ण वाग्ले ‘रुपेश’लाई कास्की प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ ।

बिप्लव निकट नेकपाको कास्की ईन्चार्ज जिम्मेबारीमा रहेका वाग्लेलाइ पाेखरा महानगरपालिकाकाे सिशुवा एरियबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयाे ।

सरकारले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाइ प्रतिबन्ध लगाएकाे छ । यसअघि कास्कीमा नेकपाका दर्जनाै कार्यकर्ता पक्राउ परेका छन् । जसमा कास्की सेक्रेटरी लाेकेन्द्र वि.क.(सुजन), विवेक भण्डारी( आक्राेश) लगायत रहेका छन् ।

Facebook Comments