पत्रकार ओम हमाल पक्राउ, रिहा गर्न पत्रकार महासंघ कास्कीकाे माग

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका संचालक/ सम्पादक ओम हमाललाइ पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

कास्की प्रहरीले शिशुवाबाट हमाललाइ आजै पक्राउ गरेको जनाएको छ ।

पत्रकारिता जगतमा लामो समय देखि निरन्तर भ्रष्टाचार , अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका पत्रकार हमाल जनपत्रकार पत्रकार संगठनका केन्द्रिय सदस्य तथा गण्डकी-धौलागिरीका संयोजक हुनुहुन्छ ।

महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गर्दै पत्रकार पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशिघ्र रिहाइको माग गर्नुभएकाे छ ।

Facebook Comments