पाेखरामा सांसद नै सहजकर्ता बनेर डेँगु सचेतना अभियान संचालन

पोखरा महानगरपालिका वडा नं ८ मा डेँगु विरुद्ध खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।

प्रदेश सरकारले महानगरका ३३ वटै वडाहरुमा सञ्चालन गरेको नियन्त्रण कार्ययोजना कार्यान्वयनका लागि डेँगुको बासस्थान खोजी गरेर नष्ट गर्ने अभियानमा जनप्रतिनिधि, स्वास्थ्यका प्राविधिक कर्मचारी, टोल विकास संस्था, आमा समूह लागेका हुन् ।

सामाजिक विकास मन्त्रालयले डेँगु विरुद्धको अभियानका लागि ३३ वटै वडामा प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदलाई सहजकर्ता तोेकेको छ ।

सरकारले तोकेका वडा नं ८ का सहजकर्ता समेत रहेका प्रदेश सांसद रामजी प्रसाद बराल(जीवन) को नेतृत्वमा अभियान संचालन गरिएकाे छ ।

जसअन्तगर्गत आइतबार पाेखरा पृथ्बीचाेक नजिकै हिमालय पेट्रोलपम्प देखी नागढुँगासम्मको क्षेत्रका घरहरुमा रहेका टायर, ड्रम तथा खुला राखिएको पानीका भाँडाहरुमा रहेका लामखुट्टेका बासस्थान नष्ट गरिएको थियो ।

सो अवसरमा सांसद बरालले डेँगु सबैको साझा शत्रु भएकाले यसलाई पूर्णत नियन्त्रणका लगि व्यक्ति तथा परिवार स्वयम् जिम्मेवार बन्नुपर्ने बताउनुभयाे ।

Facebook Comments