संवैधानिक परिषद्का निर्णय सहमतिमा हुनुपर्ने कांग्रेसकाे माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्ले लिन निर्णयमा प्रतिपक्षी दलका नेताकाे समेत सहमति हुनुपर्ने बताएकाे छ ।
कांग्रेसका पदाधिकारीकाे मंगलबार बसेकाे बैठकमा संवैधानिक परिषद्काे बैठकका निर्णय सहमतिका साथ हुनुपर्ने निष्कर्ष निकालेकाे हाे ।
पदाधिकारी बैठकपछि सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा संवैधानिक परिषद्काे बैठकका बारेमा कुराकानी भएको थियाे ।
संवैधानिक परिषद् बैठक हुनुपूर्व देउवाले टेलिफोन गरी प्रधानमन्त्री ओलीलाई सत्ता र प्रतिपक्षको धारणा सहमतिमै बनाउनुपर्नेमा जोड दिनुभएकाे थियाे ।
सत्ता र प्रतिपक्ष सहमतिअनुसार नै द्वन्द्वकालीन मुद्दाहरू हल गर्ने र ऐन निर्माणमा टुंगोमा पुग्नुपर्ने देउवाको भनाइ थियो।
‘परिषदमा विपक्षी दलका नेता राखिनु भनेकै सत्ता र प्रतिपक्षको सहमतिमा टुंगोमा पुग्नुपर्छ भन्ने भावनाका साथ राखिएकाे कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उल्लेख गर्नुभयाे ।
यसअघि संवैधानिक परिषद्काे बैठकले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाकाे अनुपस्थितिमा समेत संवैधानिक निकायमा नियुक्ति लगायतका निर्णय गरेकाे थियाे ।

