थमन परियारकाे स्मृतिमा भलिबल प्रतियाेगिता हुने
सहिद थमन परियारकाे स्मृतिमा भलिबल प्रतियाेगिता हुने भएकाे छ । जनयुद्धका क्रकममा थमन परियारकाे १५ वर्ष पहिला सहादत भएकाे थियाे ।
थमन परियार स्मृति प्रतिष्ठानकाे आयोजनामा सहिद थमन परियारको १५औं स्मृति दिवसको अवसरमा भलिबल प्रतियाेगिता गर्न लागिएकाे हाे ।
प्रतियाेगिता पोखरा महानगरपालिका २८, माझठानामा कार्तिक ६ गते बुधबारबाट शुरू हुनेछ ।
कात्तिक ८ गतेसम्म हुने प्रतियाेगिता एवं शहीद थमन परियार स्मृति खेलमैदानको गण्डकी प्रदेशका मुख्यमंत्री पृथ्वीसुब्बा गुरुङले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेकाे छ ।
Facebook Comments

