जापानका सम्राट नारुहितोद्वारा राजगद्दी आरोहण

जापानका सम्राट नारुहितोले राजगद्दी आरोहण गर्नुभएकाे छ ।

गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नुभएकाे थियाे ।

टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि भव्य समारोह काबीच   ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गर्नुभएकाे हाे ।

परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बस्नुभएकाे थियाे ।

त्यसपछि लिखित मन्तव्य वाचन गर्दै नारूहिताेले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा उत्तरदायित्व वहन गर्न संविधानअनुसार काम गर्ने शपथ लिनुभयाे ।

पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित हुनुभएकाे थियाे ।

समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो ।

जापानमा हालै आएको शक्तिशाली समुद्री आंधीका कारण ठूलो धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न शोभायात्रा भने स्थगित गरिएको बताइएकाे छ । 

संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका आलङकारिक छ । जापनी नागरिकले राजसंस्थालाइ सम्मानका साथ हेर्छन् । (एजेन्सी)

Facebook Comments