छ प्रदेशकाे केही स्थानमा भारी वर्षाकाे संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मधेश बाहेक अन्य प्रदेशमा साेमबार दिनकाे समयमा भारी वर्षाकाे संभावना रहेकाे जनाएकाे छ ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे उल्लेख छ ।  

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

हाल मौसमको अवस्थामा कोशी र मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशको हिमाली भू-भागका थोरै तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

साेमबा दिन तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार काेशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ । महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

त्यस्तै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | 

रातकाे समयमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका तराई भू-भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। 

Facebook Comments