एउटै याेजनामा दाेहाेराे बजेटकाे समस्या भयाेः मुख्यमन्त्री गुरूङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास निर्माण लगायतका याेजनामा दाेहाेराे बजेटकाे समस्या देखिएकाे बताउनुभएकाे छ ।
मंगलबार पाेखरामा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री गुरूङले तीन तहका सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिकाकाे समन्वय नहुँदा याेजनाहरुमा दाेहाेराे बजेटकाे समस्या हुने गरेकाे बताउनुभयाे ।
स्थानीय तहको कानुन निर्माणसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले योजनामा बजेट दोहोरिने समस्या समाधानका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका मिलाउनुपर्ने र तीन तहका सरकारवीच समन्वय हुनुपर्ने बताउनुभयाे ।
उहाँका अनुसार प्रत्येक सरकारले एक महिनाको अन्तरालमा नीति तथा कार्यक्रम र बजेट ल्याएमा योजनाहरुमा दाेहाेराे तेहराे ( डुब्लिकेसन र ट्रिप्लीकेसन )बजेट विनियाेजनकाे समस्या हल हुने जिकीर समेत गर्नुभयाे ।
विद्यमान अवस्थामा कतिपय याेजनामा स्थानीय तह, प्रदेश र संघ सरकारबाट बजेट विनियाेजन हुने गरेकाे छ ।

