‘सत्यको बयान’: कुकुर लगाएर बलात्कार !

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीले गरेको जनयुद्धको क्रममा एक युवती कुकुरबाट बलात्कार हुनुपरेको घटना स्वयं पीडितले सार्वजनिक गरेकी छन् ।

दाङको घोराहीमा सोमबार ‘द्वन्द्वपीडित साझा चौतारी’ ले आयोजना गरेको ‘सत्यको बयान’ कार्यक्रममा यौन हिंसापीडित एक युवतीले तत्कालीन अवस्थमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आफूलाई कुकुरबाट बलात्कार गराएको बयान दिएकी हुन ।

कान्तिपुरमा घनश्याम खड्काले लेख्नुभएको समाचारमा पीडित युवतीको पहिचान गोप्य राख्नका लागि उनलाई अर्कै कोठामा राखेर स्पिकरबाट आवाज मात्रै सुन्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

पहिचन गोप्य राखिएको ती युवती बर्दियाको भएको र सांस्कृतिक टोलीमा काम गर्ने क्रममा २०५८ सालमा १९ बर्षको उमेरमा पक्राउ परेको समाचारमा उल्लेख छ ।

सैनिकले आफू लगायत अन्य साथीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाएको र दुइटा कुकुर छाडिदिएको ती युवतीको बयान छ ।

कुकुरबाट इज्जत लुटिएको घटना कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको युवतीले उल्लेख गरिन् । कुकुर देख्दा आफू तर्सने गरको ती युवतीको भनाई छ ।

Facebook Comments