स्व.रवीन्द्रको चाहना अनुसार काजकिरिया नगरिएको हो: नेकपा नेता करण

नेकपाका चुनावी कमाण्डर राजकाजी गुरुङ करणले सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको बताउनुभएको छ ।

नेकपाको चुनावी घरदैलोका क्रममा शनिबार विहान भलाममा आयोजित कोणसभालाई सम्बोधन गर्दै करणले रवीन्द्रकै चाहना अनुसार विद्याले काजकिरिया फरक तरिकाले गरेको बताउनुभयो ।

संस्कृति मन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृतिपनि रुपान्तरण गर्नुपर्छ भनेर कदम चाल्नु भएको थियो,‘उहाँले भन्नुभयोे, ‘उहाँ संस्कृति सरल र सहज होस् भन्ने चाहनुहुन्थ्यो, संस्कृतिको नाममा कसैलेपनि दुःख नपाओस् भन्ने उहाँको चाहना थियो, त्यहि अनुसार उहाँले संस्कृति रुपान्तरण गर्ने प्रयास गरिरहनु भएको थियो, त्यसैले उहाँको चाहना अनुसारै विद्याले काजकिरिया गर्नु भएन, यसलाई अन्यथा लिनु भएन ।’

कांग्रेसले आफूले हार्ने देखेर विद्यालाई काजकिरिया गरेन भनेर अनर्गन प्रचार र भ्रम छरिरहेको नेता करणको जिकीर थियो ।
जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्छ,‘उहाँले भन्नुभयोे, ‘संस्कृतिलाई सरल र सहज बनाउँदा अनर्गल प्रचार गर्ने कांग्रेस आफै संस्कृतिबिरुद्ध छ भन्ने पुष्टी गर्छ ।’

कास्की २ को उप निर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले महिलालाई सीप र प्रविधीसँग जोडेर समृद्धी खोज्ने बताउनुभयो ।

चुनावी घरदैलोका क्रममा भलामको पिपलडालीमा आयोजित कोणसभामा बोल्दै उहाँले देशको विकास र समृद्धीमा महिलाको भूमिका उत्तिकै हुने भएकाले उनीहरुलाई सीप र प्रविधीसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिलाई विकाससँग नजोडेसम्म विकास र समृद्धी असम्भव भएकाले त्यसलाई जोड्ने काम आफूले गर्ने बताउनुभयो ।

उहाँले महिला र पिछडिएाक वर्गहरुको सशक्तिकरणका लागि सरकारले अघि सारेका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयनका लागि आफूले सकृयताका साथ भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा पोखरा महानगर कमिटीका सचिव तथा नेकपाका पोखरा २० का चुनावी कमाण्डर विश्वप्रकाश लामिछानेले विद्यालाई जिताएर विकास र समृद्धीको यात्रालाई निश्कर्षमा पु¥याउनुपर्ने बताउनुभयो ।

भलामको नेकपा निर्वाचन सम्पर्क कार्यालय ¥यालेचौरबाट शुरु भएको चुनावी घरदैलो घारी, डाँडाघर, थानापतीहुँदै पिपलडालीमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Facebook Comments