नेपाली अर्गानिक कफी पिउन सभापति कोइरालाको आग्रह

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले नेपाली कफीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ । जिल्ला कफी सहकारी संघको छैटौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको पोखरामा उदघाटन गर्दे कोइरालाले सो कुरा बताउनु भएको हो ।पछिल्लो समय नेपालमा पनि कफी पारखी बढ्दै गएको तर अझै पनि विदेशी कफीको विक्रि वितरण हुने गरेको भन्दै नेपाली कफी अर्गानिक भएकोले स्वदेशी कफी पिउन जोड दिनु भयो ।

सरकारले कफीको उत्पादन बढाउन तर्फ विशेष जोड गरेकोले उत्पादन संगै बजारको लागि पनि पहल गर्ने उहाँको भनाई थियो । विश्वमा पेट्रोलियम प्रदार्थ पछि बढी विक्रि हुने कफी भएको भन्दै सभापति कोइरालाले अन्तराष्ट्रिय बजारमा नेपालको कफीको माग अनुसार पु¥याउन नसकीएको बताउनु भयो ।

भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत ढकाललेले कफीको विकासको लागि मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनु भयो । कफीको राम्रो प्रविधि मार्फत अझै गुणस्तरीय कफी उत्पादन गर्न सकिने उहाँले बताउनु भयो ।

सहकारीका अध्यक्ष आन्नद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बागवानी केन्द्र मालेपाटनका युवराज भुषाल लगायतले बोल्नु भएको कार्यक्रममा उत्कृष्ट किसान तर्फ चित्र प्रसाद लामिछाने र रामलाल श्रेष्ठ सम्मानित हुनु भयो । यसैविच सेयर सदस्यहरुलाई कार्यक्रमका प्रमुृख अतिथि कोइराला विशेष अतिथि अच्यृुत प्रसाद ढकालले सहकारी सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।

Facebook Comments