कांग्रेसले संसदको खिल्ली उडाएको नेकपा सांसद भट्टराईको आरोप

नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको नेपाली काँग्रेसले संसदको खिल्ली उडाएको आरोप लगाउनुभएको छ । साथै उहाँले प्रतिनिधिसभाको आगामी बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने जिकिर गर्नुभएको छ ।

सांसद भट्टराईले अनशनमा रहेका डा. गोविन्द केसी गलत बाटोमा रहेको पनि बताउनुभयो । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले माघ ११ गते बस्ने संसद बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने दाबी समेत गर्नुभयो ।

संसदमा प्रतिपक्षी दल कांग्रेसले गरेको विरोधका कारण यसअघि दुईपटक उक्त प्रस्ताव प्रस्तुत गर्ने प्रयास असफल भएको छ । अबको बैठकमा पनि विरोध जारी रहने कांग्रेसले जनाएको छ । सांसद भट्टराईले भने अबको बैठकबाट विधेयक पारित हुने दाबी गर्नुभएको हो ।

नेता भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको बेला पनि त्यसरी नै विधेयक पारित गरिएकाले अबको बैठकमा सोही अनुसार विधेयक अगाडि बढ्ने स्पष्ट पार्नुभयो सांसद भट्टराईले डा. गोविन्द केसीको अनशन गलत भएको पनि दाबी गर्नुभएको छ ।

डाक्टर केसी गलत बाटोमा रहेकोले अब उहाँ पछि हट्नुको विकल्प नरहेको भट्टराईले ठहर गर्नुभयो । डा. केसीले उठाएका सबै माग विधेयकमा समावेश भैइसकेको उल्लेख गर्दै सांसद भट्टराईले द्वन्द्वकालिन मुद्दा उठाएर केसीले गल्ती गरेको पनि तर्क गर्नुभयो ।

Facebook Comments