तेश्रो संस्करणको डिपीएलको उपाधि सिआईबी अत्तरियालाई

सिवाईसी अत्तरीयाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले आज शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आफ्ना विदेशी खेलाडी सन्नी पट्ठेलको उत्कृष्ट प्रदर्शनसँगै अत्तरियाले १ सय २४ रनको विजयी लक्ष्य १ बल बाँकी छँदा ७ विकेट खर्चेर पार गरेको थियो । त्यसअघि टस जितेर पहिलो ब्याटिङ्ग गरेको शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडले पुरा ओभर खेल्दै १ सय २३ रनको स्कोर बनाउन सफल रह्यो ।

सिवाईसी अत्तरीया पहिलो पटक डिपीयल क्रिकेटको फाईनलमा पुगेको थियो । जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ ।

Facebook Comments