अनुदान जथाभावी नबाड्न विकास समितिको निर्देशन

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिले कृषि क्षेत्रमा जथाभावी अनुदान वितरण नगर्न निर्देशन दिएको छ । समितिका सभापति दीपक कोइरालाले जथाभावी अनुदान नबाड्न गण्डकी प्रदेशको भुमि ब्यबस्था कृषितथा सहकारी मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

मन्त्रालयका मन्त्री र सचिवलाई बोलाएर सभापति कोइरालाले पुरानो शैलीमा अनुदान वितरण गरेर ब्यावसायिक कृषि हुन नसक्ने भन्दै अनुदान दिनै परे उत्पादनको आधारमा दिन निर्देशन दिनुभएको हो । ठुलो कृषि उद्यमीहरुको लागि ब्याजमा सहुलियतदिनु पर्नेमा जोड दिनुभयो ।

किसानले उत्पादन गरेका कृषि उपजको बजार ग्यारेन्टी हुनुपर्ने भन्दै कोइरालाले ३ महिना अगाडि कृषि उपजको मुल्यनिर्धाण हुनुपर्नेमा पनिजोड दिनुभयो । उत्पादनको बेलाबजार नपाउने र पछि उच्च मुल्य हुने भन्दै कोइरालाले सुन्तलाको लागि कोल्ड स्टोर निर्माणका लागि सुझाव दिनुभयो ।

भुमिब्यबस्था कृषितथा सहकारी मन्त्री लेखबहादुर थापाले मोडेल फार्मको लागि मन्त्रालयले सुचना प्रकाशित गरेकामा कृषकको मागका आधारमा कृषि क्षेत्रमा लागेका किसानहरुलाई अनुदान वितरण जानकारी दिनुभयो ।

उहाँले ठूला किसानका लागि ब्याजमा अनुदान दिने बताउनुभयो । अहिले आफ्नो मन्त्रालयले ३२ प्रतिशतखर्च गरेको र यस आर्थिक बर्षमा ७० देखि ८० प्रतिशत सम्म खर्च हुने उहाँको भनाई छ ।

समितिको बैठकमा समितिका सदस्य तथा प्रदेश सांसदहरु इन्द्रलाल सापकोटा, राजिव गुरुड, पुष्पा केसी भण्डारी, सरिता गुरुड र दोवटे विश्कर्माले जनताले अनुभुत गर्ने गरि बजेट तथा कार्यक्रम आउनु पर्नेमा जोड दिनुभएको थियो ।

Facebook Comments