सरकार नै अपराधीलाई उन्मुक्ति दिदैंछ: चौधरी
नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले सरकारले शक्तिको आडमा अपराधिलाई उन्मुक्ति दिने काम गरेको आरोप लगाउनुभएको छ । चितवन मेडिकल कलेजमा उपचाररत प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि चौधरीले यस्तो आरोप लगाउनुभएको हो ।
अपराधिक क्रियाकलापमा संलग्नलाई सरकारले नै उन्मुक्ति दिदै आएको उहाँको जिकीर रहेको छ । गत शुक्रबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङमा रहेको कर संकलन केन्द्रमा पूर्वी चितवनका असन्तुष्ट व्यक्तिहरुले आगो लगाउने क्रममा खड्का जलेर घाईते भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो । नेता चौधरीले घटनाको भत्र्सना गर्दै दोषीलाई कार्वाहीको माग गर्नुभएको छ ।
Facebook Comments

