प्रतिबन्धित नेकपाका नेता माइला लामा पुर्पक्षका लागि जेल चलान
नेकपा कम्युनिस्ट पार्टी नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो । काठमाडौंको काँडाघारीबाट आइतबार मध्य राति पक्राउ परेका उनलाई बम विष्फोट र ज्यान मार्ने उद्योगविरुद्धको मुद्धा चलाइएको छ ।
प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।
यसैवीच लामाकी पत्नी मनु लामाले गृहमन्त्रीप्रति कटाक्ष गर्नुभएकाे छ । उहाँले सामाजिक सञ्जालमा ‘बादल दाइ ! हजुरको भन्दा पछि मेरो लास परें भने म पक्कै पुष्प गुच्छा लिएर आउनेछु । हजुरको कार्यकाल अझ सफल होस् ।’ भनेर लेख्नुभएकाे छ ।
Facebook Comments

