बढी शुल्क लिने मेडिकल कलेजलाई कार्वाही गरिने

सरकारले ताेकेकाे भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कार्वाहीकाे दायरामा ल्याउने तयारी भएकाे छ ।

साेही प्रयाेजनका लागि एक महिनाभित्र विद्यार्थीबाट लिएकाे अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिक रूपमा आह्वान गरिएकाे छ ।

गृहमन्त्री र शिक्षामन्त्रीवीच भएकाे छलफलमा तोकिएको शुल्कभन्दा बढी रकम लिने मेडिकल कलेज संचालकलाई १ महिनाभित्लेर शुल्क फिर्ता गर्न समय दिने सहमित भएकाे छ ।

यदि मेडिकल कलेजहरूले विद्यार्थीबाट बढी लिएकाे शुल्क एक महिनाभित्र शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडि बढाउने निष्कर्षमा सरकार पुगेकाे हाे ।

चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विभिन्न कलेजहरूमा विद्यार्थीले बढी शुल्क तिर्नुपरेकाे लगायतका माग राखी आन्दाेलन गर्दै आएका थिए ।

लामाे समयसम्म समस्या समाधान हुन नसकेपछि उक्त समस्या समाधानका विषयमा केन्द्रित भइ सोमबार गृहमन्त्रालयमा गृहमन्त्री राम बहादुर थापा, शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालय संबद्ध पदाधिकारीहरूको बैठक बसकाे थियाे ।

साे बैठकमा विभिन्न मेडिकल कलेजले तोकिएको शुल्कभन्दा बढी शुल्क लिएको भनि आएको गुनासोको सम्बन्धमा छलफल भएको थियाे ।

सरकारले काठमाडौं उपत्यकाभित्र एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क ताेकेपनि विद्यार्थीबाट विभिन्न शीर्षकमा अतिरिक्त रकम मेडिकले कलेजले असुल्ने गरेका छन् ।

एउटै विद्यार्थीबाट १२ देखि २५ लाख रूपैयाँसम्म अतिरिक्त शुल्क मेडिकल कलेजले असुल्ने गरेकाे विद्यार्थीकाे गुनासाे छ ।

Facebook Comments