गण्डकी प्रदेशमा दुई वटा विद्येयक पेश

गण्डकी प्रदेशको सोमवारको बैठकमा दुई वटा विद्येयक पेश भएका छन् । प्रदेशको सोमवार बसेको ३६ औँ बैठकमा दुई वटा विद्येयक पेश भएका हुन् ।

निर्धारित समयमा भन्दा करिब ४५ मिनेट ढिलो गरि बसेको बैठकमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरि विद्यायन समितिका सभापति मोहनप्रसाद रेग्मीले गण्डकी विश्वविद्यालयको स्थपना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विद्येयक को प्रतिवेदन सहितको विद्येयक सभा समक्ष पेश गर्नुभएको थियो ।

प्रस्तुत गरिएको दुई वटै विद्येयक उपर अर्को बैठकमा छलफल हुने गण्डकी प्रदेका सभामुख नेत्रनाथ अधकिारीले जानकारी दिनु भयो ।

यसअघि प्रदेश प्रमुखको कार्यालयवाट प्राप्त पत्र सभामुखले सभामा वाचन गरेर सुनाउनु भएको थियो । ।

गण्डकी प्रदेशको अर्को बैठक आगामी असोज ८ गते पूर्वान्ह ११ बजे बस्ने जनाइएको छ ।

Facebook Comments