काँग्रेसकाे जागरण अभियानः कास्कीकाे भरतपोखरीमा सभा सम्पन्न

नेपाली काँग्रेस जागरण अभियान दोस्रो चरणको कार्यक्रम सकिएको छ ।

कास्की काँग्रेसले मङ्गलबार पोखरा ३३ कालिकास्थानमा सरकार विरुद्व विरोधसभा गरी दोस्रो चरणको कार्यक्रम समापन गरेको जिल्ला सदस्य एव्र प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिनुभयाे।

कार्यक्रममा केन्द्रीय सदस्य महेश आचार्यले लोकतन्त्र सहमतिले चल्ने भन्दै बल मिचाइको कुनै अर्थ नरहने बताउनुभयाे । पूर्व अर्थमन्त्री समेत रहनुभएका आचार्यले सरकारका गतिविधिका कारण नै सरकार धरापमा परेको टिप्पणी गर्नुभयाे ।

काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद जीवन परियारले सरकारले कुशासन गरिरहेको भन्दै सडकदेखि संसदसम्म आवाज उठाउनुपर्ने समय आएको उल्लेख गर्नुभयाे ।

नेता शुक्रराज शर्माले सबै नेता तथा कार्यकर्ताको ध्यान काँग्रेस बलियो बनाउनेतर्फ हुनुपर्ने बताउनुभयाे ।

पूर्वमन्त्री यज्ञबहादुर थापा, महादेव गुरुङ, राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, महासमिति सदस्य देवराज चालिसे, गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारी, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नवप्रवेशी चेतबहादुर महत र बमबहादुर पुन लगायतका नेताहरूले कार्यक्रममा सम्बाेधन गरेका थिए ।

नेपाली काँग्रेस कास्कीका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य केशर निर्दाेषीले स्वागत र सचिव सुदीपमोहन भट्टराईले सञ्चालन गर्नुभएकाे थियाे ।

Facebook Comments