फोर्थ फर्स्ट राइफल्सलाई इन्टर बटालियन भलिबलको उपाधि

भारतीय भूतपूर्व गोरखा सैनिक इन्टर बटालियन भलिबल प्रतियोगिताको उपाधि फोर्थ फर्स्ट गोरखा राइफल्सले जितेको छ । भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखराको मैदानमा भएको फाइनल खेलमा थर्ड एट गोरखा राइफल्सलाई हराउँदै फोर्थ फर्स्ट गोरखा राइफल्सले उपाधि जितेको हो ।

बेष्ट अफ फाइभको आधारमा खेलाइएको फाइनलमा फोर्थ फस्र्ट गोरखा राइफल्सले थर्ड एटमाथि २५–१५, १८–२५, २५–१२, २४–२६ र १५–१२ को जित निकाल्दै उपाधि जितेको हो । विजेता फोर्थ फस्र्टले उपाधिसँगै नगद २५ हजार साथमा शिल्ड, ट्रफी र मेडल पुरस्कार प्राप्त गरेको छ । ।

तियोगिताको उपविजेता थर्ड एटले नगद १५ हजार र मेडल प्राप्त गरेको छ । । यसअघि, सेमीफाइनलमा फोर्थ फर्स्टले फर्स्ट फोर्थ गोरखा राइफल्समाथि २५–१७ र २५–२० तथा थर्ड एटले ६४ (सिक्स्टी फोर) रेजिमेन्टमाथि २५–१९ र २५–२० को जित निकाल्दै फाइनल पुगेको थियो । सेमीफाइनल चरणसम्म बेष्ट अफ थ्रीका आधारमा खेल खेलाइएको थियो ।

भारतीय राजदूतावास पेन्सन वितरण क्याम्प रामबजार पोखरा र भारतीय भूतपूर्व गोरखा सैनिक खेलाडी मन्च, पश्चिमाञ्चल पोखराले भलिबल प्रतियोगिताको संयुक्त आयोजना गरेको हो । मन्चका अध्यक्ष क्या.प्रेमप्रसाद गुरुङको संयोजकत्वमा प्रतियोगिता संचालन भएको हो । आइतबारदेखि शुरु प्रतियोगितामा १७ टिमको सहभागिता थियो ।

Facebook Comments