उद्यमशीलताबाटै समृद्धि सम्भव : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषिजन्य स्थानीय उत्पादनको व्यवसायीकरणले मात्र मुलुकमा समृद्धि आउने बताउनुभएको छ । नेपाल कृषिप्रधान देश भएकाले पनि कृषिमा उद्यमशीलतामार्फत बजारीकरण आवश्यक हुने उहाँको भनाई रहेछे छ ।

बागलुङ र पर्वत जोड्ने गरी निर्माण गर्न थालिएको झोलुङ्गे पुलको आज बागलुङतर्फ शिलान्यास गर्दै तिमिल्सिनाले पुललाई आउजाउका रूपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले पुल निमार्णले समेत समृद्धिको यात्रामा सहयोग पु¥याउने बताउनुभयो ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गेपुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको हुने सस्पेन्सनब्रिज डिभिजन कार्यालयले जनाएको छ ।

Facebook Comments