संविधान संशोधन नभए सरकार छाड्छौः उपप्रधानमन्त्री यादव

संघीय समाजवादी फोरमले संविधान संशोधन नभए सरकार छाड्ने बताएको छ । नेपाल सरकारका उपप्रधान, स्वास्थ्य तथा जनसङख्या मन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन नभए सरकार छाड्ने बताउनुभएको हो ।

संघीय प्रेस फोरम, कास्कीले पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले हतारमा जारी गरिएको अधुरो र अपुरो संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीबाट पटक पटक संविधान संशोधनको वचनवद्धता भएकाले केही समय धैर्य गरेको अन्यथा सरकारबाट बाहिरिएर आन्दोलन गर्ने उहाँको भनाई छ ।

यद्यपि ढिलोचाँडो संविधान संशोधन हुनेमा आफु विश्वस्त भएको यादवले बताउनुभयो। सरकारले संविधान संशोधन, आर्थिक समृद्धि वा विकास र राजनीतिक स्थिरताका लागि प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो । द्वन्द्वबाट मुलुक अग्रगतितर्फ लम्कन सक्दैन भन्ने विप्लवलाई पनि थाहा छ, सहमतिबाटै राजनीतिक सहमति खोज्नुपर्ने यादवको भनाई थियो ।

सिके राउतसँगको सहमतिका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा मन्त्री यादवले जेलबाट छुट्न सिके राउतको स्वतन्त्र मधेश गठबन्धनले सहमति मात्रै होइन यसअघि उठाउँदै आएका मुद्धा छाडेको बताउनुभयो ।

देशलाई आर्थिक विकास र समृद्धिको लागि पर्यटन, कृषि र जलबिद्युतमा विशेष जोड दिनुपर्ने मन्त्री यादवको धारणा थियो । उहाँले विकासले जुन गति लिनुपर्ने हो, त्यो हुन नसकेकाले संघीयतामाथि नै प्रहार हुन थालेको टिप्पाणी गर्नुभयो ।

पार्टी एकताको चर्चाका बारेमा पत्रकारहरुले जिज्ञासा राख्दा उहाँले भन्नुभयो, राजपा, नयाँशक्ति, जनमुक्ति लगायतसँग एकताका लागि पहलहरु भईरहेको छ । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता भनिए पनि प्रदेश र स्थानीयमा राजपा सरकारमै रहेकाले सरकार छाडेको भन्न नमिल्ने फोरम अध्यक्षको भनाई थियो । राजपासँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त आयो नि भन्ने प्रश्नमा उहाँले पहिलो पार्टी एकता अनि एकिकृत पार्टीले सरकारमा रहने नरहने निर्णय गर्ने बताउनुभयो ।

राजपासँग एकताका लागि सरकार छाड्नुपर्ने शर्त आयो नि भन्ने प्रश्नमा उहाँले पहिलो पार्टी एकता अनि एकिकृत पार्टीले सरकारमा रहने नरहने निर्णय गर्ने बताउनुभयो ।

थप अधिकारका लागि सरकार, संसद र सडक

यसैगरी अर्को कार्यक्रम संघीय समाजवादी फोरम कास्कीको अगुवा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले आन्दोलनले प्राप्त उपलब्धिलाइ संस्थागत गर्दै थप अधिकारका लागि सरकार, संसद र सडक तिनै बाटो प्रयोग गर्ने बताउनुभयो ।

कम्युनिष्ट र काँग्रेसले गुगलमा सर्च गरी गरी मौलिक अधिकार संविधानमा समावेस गरेर उत्कृष्ठ संविधानको प्रचार गरे अहिले उनैले जबरजस्त जारी गरेको संविधान कार्यन्वयन गर्न कानुन बनाउन चाहेका छैनन्, मन्त्री यादवले भन्नुभयो, ‘संविधान संशोधनका माग गरिरहने हामीले मौलिक हकको धारा पल्टाएर कानुन बनाउन झकझकाउने अवस्था आएको छ, उनीहरुले संघीयता, समावेशीता लगायत संविधानमा उल्लेख भएको अधिकार समेत कटौती गर्ने षडयन्त्र गरिरहेका छन् ।’

कम्युनिष्ट नाम मात्रै भो, कम्युनिष्ट भन्दै घुस, कमिशन, भ्रष्टचारमा तल्लिन छन्, काँग्रेस विपक्षीको भुमिका खेल्नै सकेन बरु हिन्दु र राजाको पछि लाग्न थालेको उहाँको आरोप थियो । यावदले उनीहरुबाट मुलुक समृद्धिको कुनै संभावना नै नभएकाले बैकल्पिक शक्तिको रुपमा संघीय समाजवादी फोरम स्थापित हुने दावी गर्नुभयो ।

Facebook Comments