पोखरा महानगरको १६ नं. वडा कार्यालयमा चोरी

पोखराका महानगरपालिकाका वडा कार्यालयहरुमा श्रृंखलाबद्ध चोरी भएको छ । यसअघि ४ वटा वडा कार्यालयमा चोरी भइसकेकामा महानगरको १६ नम्बर वडा कार्यालयमा पनि चोरी भएको छ । आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको देखिएको उक्त वडाका अध्यक्ष जीवन आचार्यले जानकारी दिनुभयो ।

वडाध्यक्ष आचार्यका अनुसार कार्यालयबाट दुई वटा ल्यापटप, चार वटा कम्प्युटरसहित अन्य सामग्री चोरी भएको छ । शुक्रबार राति वा शनिबार राति चोरी भयो भन्ने समेत थाहा हुन नसकेको उहाँको भनाई छ । प्रहरीले चोरी भएका सामग्रीबारेमा मुचुल्का बनाई अनुसन्धान शुरु गरेको जनाएको छ ।

यस अगाडि पोखरा ५, १३ १४, १५, लगायतका कार्यालयको ताला फोडेर चोरी गरिएको थियो । सिसी क्यामरा जडान भएका वडा कार्यालयमा समेत सजिलै सामान चोरी हुँदा पनि प्रहरीले अहिलेसम्म वडा कार्यालयका सामान लैजाने चोर पत्ता लगाउन भने सकेको छैन् ।

Facebook Comments