मन्त्रीपरिषद्काे निर्णयः २ सचिवकाे सरूवा

सरकारले दुई जना सचिवलाई सरुवा गरेको छ । शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो ।

त्यस्तै सरकारले प्युठानको माण्डवी गाउँपालिकाको केन्द्र पनि सारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्केटाका अनुसार साविक नयाँ गाउँ गाविसको कार्यालयमा रहेको केन्द्रलाई माण्डवी गाउँपालिका ३ जस्पुर कायम गर्ने निर्णय गरिएकाे छ ।

मन्त्रिपरिषद बैठकले सोमपसाद पाण्डे संयोजकत्वको राजनीतिक वार्ता ठोलीले पेश गरेको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

मन्त्री परिषद् बैठकले खानेपानी मन्त्रालय, बन तथा वातावरण मन्त्रालय र श्रम तथा राेजगार मन्त्रालयमा ९८९ कर्मचारी करारमा राख्ने निर्णय समेत गरेकाे छ ।

Facebook Comments