माउन्ट कैलाश रिसोर्ट गुणस्तरमा अब्बल

पोखरामा रहेको माउन्ट कैलाश रिसोर्ट गुणस्तरमा अब्बल देखिएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिशन नेपाल, रेवान पोखराले गरेको प्रतिस्पर्धामा माउण्ट कैलाश रिसोर्ट प्रथम भएको हो ।

गतै पौष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा भएको २० औं सडक महोत्सवका अवसरमा गरिएको अन्तर सदस्य फुड फेस्ट प्रतियोगितामा रिसोर्ट प्रथम भएको हो ।

रेवानको साधरणसभाका अवसरमा रिसोर्टका अध्यक्ष नरेश भट्टराईलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सम्मान गर्नुभएको थियो । रिसोर्टले ट्रिप एडभाइजर, विजिनेश इनिसेटिभ डाइरेक्सन(विड), युरोप बिजनेश एसेम्ब्ली लगायत संस्थाहरुबाट समेत गुणस्तरीय सेवा प्रवाह गरेवापत् अवार्ड प्राप्त गरेको थियो ।

रिसोर्टका अध्यक्ष नरेश भट्टराईले आफूहरुले गुणस्तरमा ध्यान दिएको र हाइजेनिक फुडहरु सेवाग्राहीलाई प्रदान गरेकै कारण १०० भन्दा बढी रेष्टुरेन्टसँगको प्रतिस्पर्धामा प्रथम हुन सफल भएको बताउनुभयो ।

Facebook Comments