सवैले मुलुक बनाउने संकल्प गरौ पुर्व मन्त्री अधिकारी , निर्वाचनमा वोलेका कुरा पुरा गछौं सभापति कोइराला
पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सवैलाई मुलुक बनाउने संकल्प गर्न आग्रह गर्नुभएको छ । पोखरा महानगरपालिका वडानं २७ नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य समेत रहनु भएको अधिकारीले सो कुरा बताउनु भएको हो । सवैले मुलुक बनाउने संकल्प गरे देश छिट्टै विकास हुने बताउनु भयो । उहाँले कम्युनिष्ट सरकारले गरेको विकास बाट कसैले डाहा गर्नुनपर्ने बताउनु भयो । विकास भइरहेको छ ।
मुग्लिङ नारायाणघाटा सडक होस या मुक्तिनाथ जाने बाटो पुल सवै सवै ठाउँमा विकास भएको छ । कम्युनिष्ट सरकारले अरुले विकास नगरेकोले सवै ठाउँको अहिले विकास गर्नुपरेको बताउनु भयो । पहिले सरकार चलाएकाहरुले विकास गरेको भए अहिले त्यस क्षेत्रमा विकास गर्न आबश्यक थिएन तर विकास कहि नभएकोले सवै क्षेत्रमा जनताले कम्युनिष्टलाई विश्वास गरेकोले कम्युनिष्टले पनि विकास गरेर छाड्ने बताउनु भयो ।
गण्डकी प्रदेशका सांसद दीपक कोइराला (रुपक)ले आफुहरुले निर्वाचनमा बोलेको कुरा पुरा गर्ने बताउनु भएको छ । अर्थ तथा विकास समितिका सभापति समेत रहनु भएका कोइरालाले प्रदेश सरकार नभएको भए एकै बर्ष विजयपुर खोलामा ३ वटा पुल बन्न सम्भव थिएन भन्नुभयो । प्रदेश सरकारले शुरु गरेका धेरै योजना सकभर एकै आर्थिक बर्ष भित्र पुरा गरेर जनतालाई प्रदेश सरकारले धेरै सुविधा दिने योजना बनाएको पनि बताउनु भयो । सरकारले मुल्यबृद्धि कम गर्नको लागि उत्पादनमा जोड दिएकोले सवैले उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताउनु भयो ।
पोखरा महानगरपालिका वडान २७का अध्यक्ष पुर्णकुमार गुरुङले विकासको लागि सवै पार्टी संग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भएको छ । वडाको विकासको लागि सवैको साथ र सहयोग आबश्यक रहेको बताउनु भयो । वडानं २७का नेकपाका वडाध्यक्ष सुर्यमणि लामिछानेले वडानं २७मा भएको विकास महानगर, प्रदेश र संघिय सरकारको सहयोगमा भएको बुझन आग्रह गर्नुभयो ।
वडानं २७ नेकपा वडा सचिव रामप्रसाद तिमिल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपाका तीन सय जना भन्दा बढि नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।



