महिला स्वास्थ्य महानगरको प्राथमिकतामा छ : उपप्रमुख गुरुङ

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनर महिलाको स्वाथ्यका विषयमा गम्भीर रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका शहरी स्वाथ्य केन्द्रमा आयोजित महिलाहरुको पाठेघरको मुख तथा स्तन क्यान्सर सम्वन्धि सचेतना तथा परीक्षण कार्यक्रमको उद्घाटन गर्दै महिलालाई प्राथमिकता दिएर कार्यक्रमम गरेको बताउनुभयो । उहाँले पहिलो सेवाग्राहीलाई कार्ड दिएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

उहाँले मानिसको सवैभन्दा ठूलो धन स्वास्थ्य भएको बताउदै मानिस सफल हुन र परिवार सुखी हुन् स्वास्थ्य महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालमा २ लाख महिलाको मृत्यु पाठेघरको क्यान्सरबाट हुने गरेको तथा विश्वमै नेपाल दोश्रो स्थानमा रहेको जानकारी दिदैं उनले रोग लागेपछि उपचार गराउनुभन्दा रोग लाग्नु अगाडी नै सचेत हुनुपर्ने बताउनुभयो ।

डा.प्रेमराज पंगेनीले पाठेघरको मुखको क्यान्सर हुने बारे १० वर्ष अगाडीनै जानकारी दिन सकिने बताउदै पहिल्यै परिक्षण गर्नुपर्ने बताउनुभयो । पाठेघरको मुखको क्यान्सर हुने नहुने पहिल्यै पहिचान गर्न सकिन्छ, त्यसैले लाग्नु भन्दा पहिल्यै रोक्नुपर्छ उहाँको भनाई थियो ।

वडा नम्वर ८ का अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षमा भएको कार्यक्रममा वडा नम्वर ९ का कार्यबाहक अध्यक्ष नन्दराम गिरी, महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, स्वास्थ्य महाशाखा नर्सिङ कविता पौडेल, शहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत नवराज पौडेल लगायतले बोलेका थिए ।

नयाँबजारमा शहरी स्वास्थय केन्द्र

यसैवीच स्वास्थ्य महानगरले शहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याउने भएको छ । दमकल मार्ग नयाँ बजारमा दश प्रकारका स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने गरि केन्द्र संचालनमा ल्याउने भएको छ । बहिरंग सेवा, मातृत्व शिशुसेवा, सरुवा रोगको रोकथाम र उपचार, नसर्ने रोग र स्वास्थ्य जीवनशैली, आयूर्वेद र परम्परागत औषधी, स्वास्थ्य वातावरण प्रवद्र्धन, महामारी तथा विपद् ब्यवस्थापन, जेष्ठ नागरिक स्वास्थ्य उपचार सेवा र रिफर गर्ने लगायत १० प्रकारका सेवा दिने गरि केन्द्र स्थापना गरिएको छ ।

शहरी स्वास्थ्य केन्द्रले रोग लागि सकेपछि उपचार गर्नुभन्दा रोगको बाटो छेक्नु जाति भन्ने नारा सहित महानगरका ३३ वटै वडाका नागरिकलाई निशुल्क सेवा उपलब्ध गराउने शहरी स्वाथ्य केन्द्रका प्रमुख मधुमाया तिमिल्सिनाले जानकारी दिनुभाये । शहरी स्वास्थ्य केन्द्रमा एक चिकित्सक, एक जनस्वास्थ्य अधिकृत, २ जना हेल्थअसिस्टेन, कविराज एक जना स्टाफ नर्स २ जना र कम्यूटर अपरेटर गरि ११ जनाको दरवन्दीको व्यवस्था गरिएको छ ।

Facebook Comments