बिरेन्द्र क्याम्पसमा बिद्यार्थी संगठनद्वारा तालाबन्दी
सुनिल पराजुली
त्रिभुवन विश्वविद्यालयको चितवनस्थित एक मात्र आंगिक क्याम्पस बिरेन्द्र बहुमुखी कलेजमा आईतबार बिद्यार्थी सङगठनले तालाबन्दी गरेका छन । सत्तारुढ नेकपाको दुई भातृ सङगठन अनेरास्वब्यु क्रान्तिकारी र अनेरास्ववियूले बिधार्थीको हकहितका बिभिन्न आठ बुँदे माग गर्दै तालाबन्दी गरेका हुन् ।
कलेजले बिद्यार्थीहरुलाई प्रदान गर्ने छात्रबृद्घिको नतिजा लामो समयसम्म प्रकाशन गर्न नसकेको जसले गर्दा विपन्न, गरिब जेहेनदार बिद्यार्थीप्रति मार परेकाले तालाबन्दी गरिएको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष अङ्कित दवाडीले जानकारी दिनुभयो । विद्यार्थी संगठनले कलेज भित्र लागुपदार्थ सेवनलाई रोक लगाउनुपर्ने, नागरिक बडापत्रको ब्यवस्था गर्नुपर्ने, क्याम्पस प्रवेशद्वारमा अबिलम्ब सुरक्षा गार्डको ब्यवस्था गर्नुपर्ने लगाएतका मागहरु राखेका छन् ।
आफूहरुको सम्पूर्ण माग बिद्यार्थी र क्याम्पसको हकहितको लागि रहेको अनेरास्वब्यु क्रान्तिकारीका अध्यक्ष दवाडीले दाबी गर्नुभयो । ‘हामीले बिगत केही महिनादेखि हाम्रो माग पूरा गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्दै आएका थियौ तर हाम्रो मागको कुनै सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएका हौं’, अध्यक्ष दवाडीको भनाई रहेको छ ।
प्रशासनमा तालाबन्दी गर्न हाम्रा साथिहरु जादाँ प्रशासन भित्र रहेका केहि प्राध्यापकले तालाबन्दीलाई रोक्न खोजे, पटक पटक बाहिर जानुस हामी ताला लगाउछौ भन्दा अटेरी गरे, प्राध्यापकहरुको जिद्दिपनाले गर्दा साथीहरु आक्रमक भएर तोडफोड पनि भएको अनेरास्वब्यु क्याम्पस कमिटिका सदस्य सुदिप पौडेलले बताउनुभयो । हाम्रा मागप्रति क्याम्पस प्रशासन सकरात्मक नदेखिए आन्दोलनको आँधिबेहरी सामना गर्न विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।


